काठमाडौं, १२ जेठ । बिरगनजका मेयर राजेशमान सिंह विरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
नागरिकता सम्बन्धी लिखत किर्ते कसुरमा अदालतले ८ जेठमै पक्राउ अनुमति दिएको अदालतका तहसिलदार देवराज भट्टराईले पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतका अनुसार अदालतको आदेशपछि मेयर सिंहलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको छ ।














