काठमाडौं, ९ जेष्ठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादबले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएकी छन् ।
हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षण गर्दै उनले उद्योग सञ्चालन भए रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पुग्ने उल्लेख गरिन् । आगामी आर्थिक वर्षको बजेटमा रुग्ण उद्योग सञ्चालनका लागि बजेट विनियोजन गरिने पनि उनले बताइन् ।
मन्त्री यादवले प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै जग्गा विवाद समाधान गरेर निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाइन् ।
मध्यवर्ती वन क्षेत्रभित्र परेको कारण लामो समयदेखि उक्त परियोजना रोकिएको छ ।














