काठमाडौं, २९ वैशाख । महोत्तरीकी सरिता कुमारी ठाकुरलाई कन्चन बिच्छा पदमुक्त भएपछि मधेश प्रदेशसभा सदस्यका लागि राजेन्द्र लिंगदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सिफारिस गरेको छ ।
पार्टी निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेपछि कञ्चन विच्छालाई पार्टीले कारबाही गरेको थियो। अदालतले पनि उनको रिट खारेज गरेपछि सांसद पद रिक्त भएको हो ।
निर्वाचन आयोगले ठाकुरलाई बुधबार प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।














