काठमाडौँ, ९ बैसाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइने ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्थालाई पत्राचार गर्दै उक्त निर्णय लागू गर्न भनेको हो ।
विद्यार्थी छुट २०६५ सालमै लागू गर्ने निर्णय भए पनि हाल कार्यान्वयन नभएको गुनासो बढेपछि पुन : निर्देशन दिइएको हो ।
गणेशमान सिं राईका अनुसार हेलो सरकार लगायत गुनासो प्रणालीमा विद्यार्थीहरूले छुट नपाएको उजुरी गरेपछि कडाइका साथ कार्यान्वयन गराउन पहल गरिएको हो ।














