काठमाडौं, ४ बैशाख । अमेरिकी र इजरायली सैन्य कारबाहीपछि पर्शियन खाडीमा उत्पन्न तनावबीच कच्चा तेल बोकेको पहिलो पाकिस्तानी ट्याङ्कर होर्मुज स्ट्रेट पार गरेर बाहिरिएको छ ।
हाजले संयुक्त अरब इमिरेट्सको दास टापुबाट करिब ४ लाख ५० हजार ब्यारेल कच्चा तेल लोड गरेको थियो । यो ट्याङ्कर आइतबार कराँची बन्दरगाह पुग्ने तालिका रहेको छ ।
पछिल्लो समय अमेरिकी नौसेनाद्वारा लागू गरिएको कडा निगरानी र नाकाबन्दीका कारण पर्शियन खाडीमा जहाज आवतजावत सीमित भएको अवस्थामा यो जहाजको यात्रा महत्वपूर्ण मानिएको छ ।
विश्लेषकहरूले यस घटनालाई क्षेत्रीय तनावबीच पनि तेल आपूर्ति आंशिक रूपमा पुनः सुरु हुन सक्ने संकेतका रूपमा लिएका छन् ।














