काठमाडौं, १८ फागुन । मध्यपूर्वमा पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपालीको सहयोगका लागि नेपाल कांग्रेसले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।
कांग्रेस सभापति गगन थापा का अनुसार, विभिन्न देशमा रहेका नेपालीहरू राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकता परेकाले यो पहल गरिएको हो ।
नेपालबाट उड्ने धेरै उडान रद्द हुँदा काठमाडौंमा रोकिएका नेपालीलाई गृह जिल्ला वा घरसम्म पुग्न आवश्यक यातायातको प्रबन्ध गरिएको छ ।
यस प्रक्रियामा विदेशमा रहेका नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली सङ्घसँग समन्वय गरिरहेको कांग्रेसले जनाएको छ । ‘हेल्प डेस्क’ मार्फत प्रभावित नेपाली र तिनका परिवारसँग सम्पर्क गरी आवश्यक सहयोग पु¥याइने बताइएको छ ।
निर्वाचन आयोगले तोकेको खर्चको पारदर्शी अभिलेखका लागि बैंक खाता अनिवार्य भएकाले, बिदाको दिन पनि बैंक सेवा निरन्तरता आवश्यक रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।














