झापा, ९ फागुन । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
शनिबार भद्रपुर विमानस्थल मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपा पछिल्ला दिनहरूमा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गरे ।
ओलीले रास्वपाले होहल्ला र बलमिच्याइँ गर्दै दोहोरो चरित्र देखाएको आरोप लगाउँदै, आफ्नो पक्षमा नतिजा नआए चुनाव हुन नदिने प्रवृत्ति देखिएको बताए ।
पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन प्रक्रियामा जबर्जस्ती अस्वीकार्य हुने स्पष्ट पार्दै सबैलाई संयमित रहन आग्रह गरे ।














