काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।
केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।
विज्ञप्तिमार्फत उनले पार्टीभित्र इमानदार कार्यकर्ताको मूल्यांकन नहुने र आर्थिक अनियमितताले निर्णय प्रभावित भएको आरोप लगाएकी छन् ।
यसअघि पनि टिकट वितरणमा आर्थिक चलखेल भएको आरोपसहित केही नेताहरूले पार्टी छोडिसकेका छन् ।














