जनकपुर, ५ फाल्गुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ मा पछिल्लो समय नेपाली कांग्रेसको प्रभाव उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवको सक्रिय नेतृत्वमा कांग्रेसले युवालाई केन्द्रमा राखेर पार्टी विस्तार अभियानलाई तीव्र बनाएको छ ।
यसैक्रममा, विपक्षी दल नेकपा एमाले परित्याग गरी प्रभावशाली युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका झुझारु युवा नेता, जिल्ला सदस्य तथा नेपाल विद्यार्थी संघ क्षिरेश्वरनाथ नगरपालिकाका अध्यक्ष अब्दुल सलाम अनसारीले औपचारिक रूपमा एमाले त्याग्दै कांग्रेस रोजेका हुन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा वडा नम्बर–१, रमदैया भवाडी निवासी वडा अध्यक्ष देबु यादव तथा युवा नेता धनराज यादवको विशेष पहल र सक्रिय भूमिका रहेको बताइएको छ ।
उनीहरूको समन्वयमा गरिएको यो पार्टी प्रवेशले निर्वाचन क्षेत्र नम्बर–४ को राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको बताएको छ ।
कांग्रेस प्रवेश गरेका नेताहरूले युवाको हक, अधिकार र रोजगारीका सवाललाई प्राथमिकतामा राख्दै लोकतान्त्रिक मूल्य र समावेशी राजनीतिका लागि कांग्रेस उपयुक्त मञ्च भएको धारणा व्यक्त गरेका छन् ।
उनीहरूले अब निर्वाचन अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन् ।
















