काठमाडौं, ५ फागुन । निर्वाचनसम्बन्धी अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा मेडिकल व्यवसायी तथा अभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको हो । उनले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएको आरोप छ ।
निर्वाचन मिति तोकिएयता उनलाई यसअघि पनि चाल्नाखेल र पोखराबाट पक्राउ गरिएको थियो, जसअनुसार उनी तीन पटक पक्राउ परिसकेका छन् ।














