काठमान्डौँ, ५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले ५ फागुन, काठमाडौंमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
घोषणापत्रमा ५ वर्षभित्र कृषि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिइएको छ भने त्यसका लागि राज्यलाई प्रत्यक्ष जिम्मेवार बनाइनुपर्ने उल्लेख गरिएको छ।
पार्टीले १० वर्षभित्र नेपाललाई उद्यमी राष्ट्र बनाउने, ३० लाख पर्यटक भित्र्याउने र १० लाख रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना अघि सारेको छ ।
पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रशासन, कानून र राजनीतिलगायत सबै क्षेत्रलाई सोही लक्ष्यअनुसार पुनर्गठन गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ।














