काठमाडौं, १९ माघ । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, उम्मेदवारविरुद्ध उजुरी, योग्यता, दलबाट आएका जानकारी र अन्य कारणलाई आधार बनाएर यो निर्णय गरिएको हो ।
उनीहरूमध्ये २१ जनाको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा परेकाले, १० जनाले जरिवाना नतिरेको, ४ जनाले उमेर नपुगेको, २५ जनाको नाम प्रदेशसभा सूचीमा कायम भएकाले, २ जना मतदाता सूची बाहिर, १ पुरुष उम्मेदवारले महिला स्थानमा दर्ता, १० जनाको नाम दलको अनुरोधमा हटाइयो भने २ जनाको नाम अन्य कारणले हटाइएको छ ।














