काठमाडौं, १९ पुस । राष्ट्रिय सभाले मतदाता नामावली ऐन संशोधन अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
साथै, विभिन्न समितिका सभापतिहरूले अध्यागमन ऐन तथा राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदनहरू सभामा प्रस्तुत गरेका छन् ।














