काठमाडौँ, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसर उपयोग गर्न आह्वान गरेका छन् ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा टोकियोमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारले वैदेशिक लगानीमा पूर्ण सहयोग, सहजीकरण र सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रपति पौडेलले कृषि, जलस्रोत, पर्यटनलगायत क्षेत्रमा आकर्षक प्रतिफलसहितको स्थिर आर्थिक वातावरण रहेको उल्लेख गर्दै नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी विस्तार गर्न इच्छुक रहेको बताए ।
जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका सम्भावनाप्रति उत्साह व्यक्त गरेका छन् ।














