एजेन्सी । आगामी आमनिर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ ।
भारत–नेपाल सीमा नजिक रक्सौल आसपास सक्रिय गिरोहको नक्कली नोट छाप्ने कारखाना भारतीय प्रहरीले ध्वस्त पारेको हो ।
छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र हाइटेक मेसिन बरामद गरिएको छ ।
घटनामा ३ जना नेपालीसहित १० जना पक्राउ परेका छन् । बरामद नक्कली नोट फागुन २१ गते हुने निर्वाचनमा प्रयोग गर्ने योजना रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।














