काठमाडौं, १९ माघ । चारदिने औपचारिक भ्रमणका लागि राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित जापान पुगेका छन् ।
जापान सरकारको निमन्त्रणामा गरिएको भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ समारोहमा सहभागी हुनेछन् ।
टोकियोस्थित इम्पेरियल प्यालेसमा सम्राट् नारुहितोसँग तथा जापानी प्रधानमन्त्री र अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
साथै, जापानी व्यावसायिक समुदाय र त्यहाँस्थित नेपाली समुदायसँग पनि राष्ट्रपति पौडेलको भेटघाट हुनेछ । भ्रमणपछि राष्ट्रपति माघ २१ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।














