काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
पार्टीका अनुसार घोषणापत्रमा जनताका एजेन्डा, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारलाई मुख्य प्राथमिकतामा राखिनेछ ।
रास्वपाले सरकारमा गएको पहिलो १०० दिनभित्र १०० वटा प्रमुख काम गर्ने लक्ष्यसहित नीतिगत सुधारका खाका प्रस्तुत गर्ने जनाएको छ ।
साथै, पाँच वर्षमा पाँच महत्वपूर्ण क्षेत्रमा केन्द्रित कार्यक्रम र जेन–जीका मुद्दालाई घोषणापत्रमा समेटिनेछ ।














