काठमाडौँ, १८ माघ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) ले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारका निर्वाचन वा राजनीतिक गतिविधिमा प्रयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।
एनसीईका अध्यक्ष लवराज ओलीद्वारा जारी विज्ञप्तिमा बालबालिकालाई जुलुस, सभा, ¥याली, आन्दोलन, प्रचारप्रसार तथा डिजिटल माध्यममार्फत समेत संलग्न गराउनु कानुनी रूपमा निषेध रहेको उल्लेख गरिएको छ ।
एनसीईले बालबालिकासम्बन्धी ऐन २०७५, निर्वाचन आचारसंहिता २०८२ लगायतका कानुनी प्रावधान स्मरण गराउँदै बालबालिकाको संरक्षण र अधिकारको सम्मान गर्नु सबै वयस्क नागरिकको कानुनी तथा नैतिक दायित्व भएको स्पष्ट पारेको छ ।














