काठमाडौं, १८ माघ । पत्रकार तथा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ ।
एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेज) भएपछि अछाममा अचानक बेहोस भएका सिटौलालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा उपचाररत उनलाई चिकित्सकले आज दिउँसो १२:४५ बजे मृत घोषणा गरेका हुन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ । सिटौला चलचित्र पत्रकारिता र फिल्म प्रमोसन क्षेत्रमा सक्रिय थिए ।














