सप्तरी, १५ माघ । निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलमा राखिएका चुनाव चिन्ह उल्लेखित तोरणसहितका प्रचार सामग्री सप्तरीको राजविराज नगरपालिकाका विभिन्न चोकबाट हटाइएको छ ।
उम्मेदवार तथा दलले २४ घण्टाभित्र सामग्री हटाउने सहमति जनाए पनि कार्यान्वयन नगरेपछि जिल्ला आचारसंहिता अनुगमन समितिले बिहीबार बिहान आफैं सामग्री हटाएको हो।
निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको छ ।














