काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठित वाचापत्र मस्यौदा कार्यदलले लेखन कार्य जारी राखेको छ ।
कार्यदलले विभिन्न क्षेत्र र दलको संयन्त्रबाट सुझाव संकलन गरी वाचापत्र तयार गरिरहेको रास्वपाले जनाएको छ ।














