काठमाडौँ, १३ माघ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा हुनेछ ।
बैठकमा चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ ।














