काठमाडौं, २८ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार (पुस २९) आयोजना गर्ने भएको छ ।
शपथ कार्यक्रम काठमाडौंमा भौतिक तथा उपत्यका बाहिर भर्चुअल माध्यमबाट हुनेछ । शपथ लिएका केन्द्रीय सदस्यले १ हजार रुपैयाँ बुझाएपछि परिचयपत्र पाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय सदस्यको नामावली टुंग्याउन पेरिसडाँडामा ६ सदस्यीय कार्यदलको बैठक जारी छ । सोही सङ्ख्याभित्रबाट पदाधिकारी, सचिवालय तथा विभिन्न आयोग–विभाग गठन गर्ने तयारी छ ।
यसैबीच, एकतामा आएका तत्कालीन नेकपा एसका नेताहरूले आ–आफ्ना समूहबाट फरक–फरक नाम र जिम्मेवारीका माग पेश गरेका छन् ।














