काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज भृकुटीमण्डपमा बन्द सत्र सुरु हुँदैछ ।
बिहान १० बजेदेखि सुरु हुने बन्द सत्रमा महाधिवेशनको कार्यविधि पारित गरिनेछ भने नौ समूह बनाएर चार मुख्य विषय—विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयमा नीति मन्थन हुनेछ ।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको निर्णय भएमा निर्वाचन समिति गठन गरी प्रक्रिया अघि बढाइनेछ ।
नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना रहेको बताइएको छ । यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता आज बिहान ११ बजेसम्म खुला रहनेछ ।














