बुटवल, २७ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २१ फागुनको चुनावमा रुकुमपूर्वबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार रुकुमपश्चिममा आयोजित सभाबाट उनले जनयुद्धको आधारभूमि तथा आफ्नो पार्टीको बलियो जनाधार रहेका कारण रुकुमपूर्व रोजेको स्पष्ट पारे ।
विगतमा विभिन्न क्षेत्रबाट चुनाव लड्दै आएका प्रचण्ड यसपटक सुरक्षित क्षेत्र खोज्दै रुकुमपूर्व पुगेको विश्लेषण गरिएको छ । रुकुमपूर्वमा यसपटक प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।














