काठमाडौं, २७ पुस । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूचिमा पनि आफ्ना नेता–कार्यकर्ता समेट्ने प्रयास तीव्र बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकीकरण सम्झौता भंग भएपछि उज्यालो नेपालले अन्य दलसँग सहकार्य गरेर नाम पठाउने विकल्पमा छलफल थालेको हो ।
पार्टीले आम जनता पार्टी, मातृभूमि पार्टी, सद्भावना पार्टी लगायत ३–४ दलसँग संवाद गरिरहेको जनाएको छ ।
निर्वाचन आयोगले समानुपातिक सूची सच्याउने समयसीमा आजसम्म मात्र दिएकाले सहमतिमा पुग्ने प्रयास जारी रहेको छ ।














