जनकपुर, २७ पुस । सहिद पत्रकार उमा सिंहको निर्मम हत्या भएको १७ वर्ष पूरा भएको अवसरमा जनकपुरमा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले बिहान पत्रकारहरूका लागि स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ भने साँझ श्रद्धाञ्जली सभा गर्ने जनाएको छ ।
वि.सं. २०६५ पुस २७ गते रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार उमा सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।














