काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको नाम अद्यावधिक गर्न आज आयोग जाने भएको छ ।
बन्दसूची सार्वजनिक भएपछि चर्को आलोचना र केही व्यक्तिहरूले नाम फिर्ता लिएको घोषणा गरेपछि सूची सच्याउन लागिएको हो । रास्वपाको बन्दसूचीमा रहेका डा. रामजी रामसहित विभिन्न व्यक्तिले नाम फिर्ता लिएका छन् ।
साथै कुलनमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग सम्बन्धित नाम पनि अद्यावधिक गरिने रास्वपाले जनाएको छ ।














