काठमाडौं, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राज्य एकीकरणमा पृथ्वीनारायण शाहसहित पूर्वजहरूको योगदान ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले पृथ्वीनारायण शाहको नेतृत्वमा आधुनिक नेपालको आधार तयार भएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि राष्ट्र निर्माण, राष्ट्रिय एकता, सुशासन र कूटनीतिक सम्बन्धका लागि सान्दर्भिक रहेको बताए।
वीर पुर्खाहरूको निरन्तर योगदानकै कारण आज नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा स्थापित भएको उनले स्पष्ट पारे ।














