काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।
मध्याह्न १२ बजे हुने उद्घाटनका लागि प्रतिनिधिहरूको नाम दर्ता र कार्ड वितरण कार्य जारी छ । महाधिवेशन स्थलमा कांग्रेसका ऐतिहासिक नेताहरू बीपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मका प्रतिमा राखेर सजाइएको छ ।
आज उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ, जसको सभापतित्व जेष्ठ सदस्यले गर्नेछन् । पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरका आधारमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
यद्यपि संस्थापन पक्षले यसलाई अस्वीकार गरेको छ ।














