काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुने विशेष महाधिवेशनको तयारी पूरा भएको छ ।
आइतबार सुरु हुने महाधिवेशन भृकुटीमण्डपको खुला चौरमा आयोजना हुँदैछ । आयोजक समितिका अनुसार उद्घाटनसत्रका लागि ६ हजारभन्दा बढी कुर्सी र मञ्चमा ५० जना अतिथि अट्ने व्यवस्था गरिएको छ ।
कांग्रेसका शीर्ष नेताहरूलाई निम्तो दिइए पनि उनीहरूको सहभागिता अनिश्चित छ । आयोजक पक्षले करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरेको छ ।














