काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले विशेष महाधिवेशनसम्बन्धी निर्णय लिन केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापति सहभागी हुनेछन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेपछि त्यसको प्रक्रिया र निर्णयबारे छलफल गर्न बैठक बोलाइएको हो ।
विशेष महाधिवेशनको प्रचारका लागि आज दिउँसो पदयात्रा पनि आयोजना गरिएको छ ।














