काठमाडौं, २५ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिकामा आधिकारिक कार्यक्रम रहेको स्पष्ट पार्दै यस विषयमा उत्पन्न भ्रमप्रति क्षमायाचना गरेको छ ।
एनआरएनए एनसीसी युएसएभित्र रहेका दुई पक्षबीच समन्वय अभावका कारण फरक–फरक विज्ञप्ति जारी हुँदा सञ्चार माध्यम र नेपाली समुदायमा भ्रम सिर्जना भएको संघको भनाइ छ ।
संघका अनुसार मन्त्री गुप्तालाई औपचारिक कार्यक्रमका लागि आमन्त्रण गरिएको हो र उनी अमेरिकामा ‘जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाको भूमिका’ विषयक गोष्ठीमा सहभागी हुनेछन् ।
एनआरएनएले आगामी दिनमा आन्तरिक समन्वय र सूचना प्रवाहलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।














