काठमाडौँ, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समानुपातिक बन्दसूचीलाई लिएर विवाद चर्किएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा महिला नेतृ चम्पा अधिकारीले रिले अनसन र केन्द्रीय सदस्य नानीमैया आचार्यले आमरण अनसन थालेपछि पार्टीभित्र हंगामा भएको हो ।
महिलाको सम्मानजनक सहभागिता र क्षमतावान् महिलालाई बन्दसूचीमा समेट्न माग गर्दै अनसन थालिएको बताइएको छ ।
यसैबीच, राप्रपाको पदाधिकारी बैठकले संस्थागत निर्णयविरुद्ध भ्रम फैलाउने गतिविधि नगर्न आग्रह गर्दै पार्टी एकता कायम राख्न आह्वान गरेको छ ।
अनसनरत पक्षले भने माग नसच्याएसम्म अनसन नतोड्ने अडान लिएको छ ।














