काठमाडौं, २५ पुस । हामी नेपाल’ का संस्थापक तथा जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गरेका गुरुङले पार्टी वा स्वतन्त्र उम्मेदवारीबारे भने स्पष्ट पारेका छैनन् ।
रास्वपाको एकीकरणमा भूमिका खेलेका गुरुङ पार्टीमा प्रवेश नगरे पनि रास्वपाको समर्थनमा चुनाव लड्न चाहेको बुझिएको छ ।














