काठमाडौँ, २५ पुस । २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरूका लागि छ वटा भेला स्थल तोकेको छ ।
समितिका अनुसार प्रतिनिधिहरू सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, पद्मोदय–शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलमा भेला भएर भृकुटीमण्डप पुग्नेछन् ।
संस्थापन पक्ष विशेष महाधिवेशनको औचित्य सकिएको बताइरहे पनि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको तयारी अघि बढाएका छन् ।














