काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले आयोजना गर्न लागेको विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डप सजाउन थालिएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशन वैशाख अन्तिम साता गर्ने निर्णय गरेपछि असन्तुष्ट थापा–शर्मा पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी गरेको हो ।
महाधिवेशनका लागि भृकुटीमण्डपका विभिन्न स्थल बुकिङ गरी व्यवस्थापनको काम अघि बढाइएको आयोजक समितिले जनाएको छ ।














