काठमाडौं, २५ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको स्पष्ट पारेको छ।
परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै अमेरिकामा परिषद्को तर्फबाट कुनै युवासम्बन्धी कार्यक्रम आयोजना नभएको र मन्त्रीलाई नबोलाइएको बताएका छन्।
एनआरएनए अमेरिकाले आफ्नो नाम र पहिचानको दुरुपयोग गरी गरिने अनधिकृत गतिविधि अवैध हुने चेतावनी दिएको छ र यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही अघि बढाइने जनाएको छ।
आवश्यक परे अमेरिकी होमल्यान्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई पनि जानकारी गराइने परिषद्ले स्पष्ट पारेको छ।















