काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो १ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
सम्मेलनमा शेखर कोइरालासहित शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ । विशेष महाधिवेशन आह्वानपछि उत्पन्न विवाद र पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने जनाएको छ ।
कांग्रेसले हाल सार्वजनिक भएको महाधिवेशन कार्यतालिकाअनुसार अघि बढ्ने र पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न आग्रह गरेको छ ।














