काठमाडौं, २४ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङका लागि प्रयोग गरेको आरोप लागेको छ ।
बुद्धनगरमा आयोजित लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानको संयुक्त भेला तथा पत्रकार सम्मेलनमा अभियन्ताहरूले बालेन र उनको टिमले लौरो चिह्नलाई निजी स्वार्थअनुसार प्रयोग गरेको आरोप लगाए ।
अभियन्ताहरूले लौरो चिह्न स्वतन्त्रहरूको साझा प्रतीक भएकाले यसलाई सम्मानजनक र आधिकारिक रूपमा स्वतन्त्र समूहलाई फिर्ता गर्न माग गरेका छन् ।
उनीहरूले लौरो चिह्न कुनै व्यक्ति वा गुटको निजी सम्पत्ति नभएको स्पष्ट पारे ।














