काठमाडौँ, २४ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीका कारण निर्वाचन रोकिँदैन स्पष्ट पारेका छन् ।
बिहीबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै उनले कुनै पनि बहानामा अब चुनाव नरोकिने दाबी गरे ।
गृहमन्त्री अर्यालका अनुसार प्रदेशस्तरीय सुरक्षा छलफलमा लुटिएका हतियार र फरार कैदीबाट चुनाव विथोल्ने खालको चुनौती नदेखिएको निष्कर्ष आएको छ ।
लुटिएका अधिकांश हतियार प्रयोगयोग्य नभएको र संख्या थोरै रहेको उनले बताए । सरकार सबै दललाई समेटेर निर्वाचनमा जाने र जेनजी आन्दोलनलाई मूलधारमा ल्याइने पनि उनले स्पष्ट पारे ।














