जनकपुर, २३ पुस । जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट तीन जनालाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेलको चर्चा भए पनि सहमति नजुटेपछि जसपाले छुट्टै उम्मेदवारी दिएको हो ।
जसपाबाट चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरी उम्मेदवार बनेका छन् ।
मधेस प्रदेशका चार सिटमध्ये एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जसपाले समर्थन गरेको जनाएको छ ।














