काठमाडौं, २२ पुस । राष्ट्रिय सभामा मधेशबाट रिक्त एक सीटमा नेपाली कांग्रेसको समर्थनमा लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उम्मेदवार बनाउने सहमति भएको छ ।
वृद्ध नेता ठाकुरलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने सहमतिमा एमाले, नेकपालगायत अन्य दलको पनि समर्थन रहने जनाएको छ ।














