KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश आन्दोलनको त्याग, सत्ता बाँडफाँडमा दलित फेरि किन बाहिर?

मधेश आन्दोलनको त्याग, सत्ता बाँडफाँडमा दलित फेरि किन बाहिर?

जनकपुर, २१ पुस । हालै मधेश प्रदेश सरकारले पूर्णता पाएसँगै नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

सरकार गठनसँगै संविधानले व्यवस्था गरेको समावेशी र समानुपातिक प्रतिनिधित्वको विषय फेरि गम्भीर बहसको केन्द्रमा आएको छ । विशेषगरी दलित समुदायबाट एक जना पनि सांसदलाई मन्त्री नबनाइएको विषयलाई लिएर प्रदेशभर आलोचना र असन्तोष बढ्न थालेको छ ।

नेपालको संविधान २०७२ ले संघीय शासन प्रणालीअन्तर्गत सामाजिक समावेशिता, समानुपातिक सहभागिता र सबै समुदायको प्रतिनिधित्वलाई अनिवार्य मानेको छ ।

दलित, महिला, आदिवासी–जनजाति तथा साना समुदायलाई राज्यका हरेक तहमा सहभागी गराउने संविधानको मर्म भए पनि मधेश प्रदेश सरकारमा दलित समुदायको प्रत्यक्ष प्रतिनिधित्व नहुनुले संविधानको आत्मामाथि नै प्रश्न उठेको विश्लेषकहरूको भनाइ छ ।

दलित समुदाय नेपालको कुल जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने समुदाय हो । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मधेश प्रदेशमा करिब १८ प्रतिशत र देशभर करिब १३ प्रतिशत दलित जनसंख्या रहेको छ ।

यति ठूलो जनसंख्या हुँदाहुँदै पनि प्रदेश सरकारजस्तो नीति निर्माण गर्ने तहमा दलितको उपस्थिति शून्य हुनु सामाजिक न्याय र संघीयताको अवधारणासँग मेल नखाने टिप्पणी सुरु भएको छ ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सार्वजनिक रूपमा “मधेस सबै समुदायको साझा घर हो” भन्दै विविधताको सम्मान सरकारको मूल नीति हुने बताउँदै आएका छन् ।

तर सामाजिक संघसंस्था र दलित अधिकारकर्मीहरूका अनुसार भनाइ र व्यवहारबीच गहिरो अन्तर देखिएको छ । उनीहरू भन्छन दलित समुदायको प्रतिनिधित्व नहुनु केवल एक नियुक्तिको विषय मात्र नभई सदियौँदेखिको संरचनागत विभेदको निरन्तरता हो ।

मधेशवादी राजनीतिले सुरुदेखि नै जनसंख्याको आधारमा प्रतिनिधित्व, बजेटको न्यायोचित बाँडफाँड र प्रदेशको स्वशासनको नारा बोकेको थियो ।

सबैभन्दा पछाडि पारिएका दलित र महिलालाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धता हरेक दलका घोषणापत्रमा उल्लेख भए पनि ती एजेन्डा व्यवहारमा भन्दा भाषण र नारामै सीमित हुँदै आएका छन् । निर्वाचनको बेला दलितको नाम लिइन्छ, तर सत्ता बाँडफाँडको बेला फेरि दलित समुदाय बिर्सिने गरेको गुनासो छ ।

२०६३–०६४ को मधेश आन्दोलनमा दलित समुदायले ठूलो त्याग र सहभागिता जनाएको थियो । आन्दोलनका क्रममा आर्थिक, सामाजिक र शारीरिक रूपमा सबैभन्दा बढी भार दलित समुदायले नै बेहोरेको जानकारहरूको भनाइ छ । त्यसबेला आन्दोलन सफल भएपछि राज्यका हरेक निकायमा दलितको उपस्थिति सुनिश्चित हुने अपेक्षा गरिएको थियो ।

तर आन्दोलनपछि केही मधेशी समुदायले उपलब्धि पाए पनि मधेशी दलित भने विभेद र उपेक्षाबाट बाहिर आउन सकेनन । संघीय संविधान आएपछि २०७४ र २०७९ का निर्वाचन सम्पन्न भए । दलहरूले समावेशी शासनको नारा दोहो¥याए ।

समानुपातिक सूचिमा केही दलितलाई राखेर औपचारिकता पूरा गरियो, तर जहाँ नीति बनाउने, बजेट छुट्याउने र निर्णय गर्ने शक्ति हुन्छ, त्यहाँ दलितलाई पु¥याइएन भन्ने आरोप छ । २०७४ पछि मधेश प्रदेशमा मधेशवादी दलहरूको नेतृत्वमा सरकार बने पनि दलित प्रतिनिधित्वको सवालमा ठोस सुधार हुन सकेन ।

उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोदेखि सिके राउतसम्मका नेताहरूको नेतृत्वमा बनेका सरकारहरूमा पनि दलित नीति–निर्माण तहबाट बाहिरै रहे । केही समय एमाले नेतृत्वको सरकारमा लखन दास मन्त्री बने पनि हालको कांग्रेस नेतृत्वको सरकारमा भने एक जना पनि दलित मन्त्री छैनन ।

यस सन्दर्भमा गम्भीर प्रश्न उठेको छ के दलित समुदाय राज्य सञ्चालन गर्न अयोग्य छ भन्ने मानसिकता अझै कायम छ ? कि दलित सशक्त भए सत्ता संरचनाको सन्तुलन बिग्रिन्छ भन्ने डर राजनीतिक नेतृत्वमा छ ? दलित सशक्तीकरणको कुरा गर्ने नेताहरू व्यवहारमा भने दलितलाई अगाडि ल्याउन हिच्किचाइरहेका देखिन्छन् ।

यथार्थमा दलित समुदायभित्रका नेतृत्वमा पनि कमजोरी रहेको स्वयं दलित अगुवाहरू स्वीकार गर्छन् । अधिकार कसैले दानमा नदिने भएकाले दलित समुदाय स्वयं संगठित भई राजनीतिक दलभित्रै अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । नत्र, नारा र पैसाको भरमा मत लिएर दलितमाथि शासन गर्ने परम्परा दोहोरिरहने चेतावनी दिइएको छ ।

अब चुप लाग्ने समय सकिएको दलित अधिकारकर्मीहरूको भनाइ छ । मधेश आन्दोलनपछि पनि दलितले न्याय नपाए अब दलित र महिला आन्दोलनको सम्भावना नकार्न नसकिने उनीहरूको चेतावनी छ ।

अधिकार माग्नु अपराध नभएको र अधिकार नदिने व्यवस्था नै प्रश्नको घेरामा पर्नुपर्ने उनीहरूको तर्क छ ।

Facebook Comment


Related Posts

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

ताजा समाचार

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar