पर्सा, १९ बैसाख । पसाको वीरगञ्ज भन्सार कार्यालयले उद्यमी व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नभए पनि पछिल्ला तीन दिनमा करिब ३ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा तरकारी फलफूलको भन्सार जाँचपासबाट उक्त राजस्व उठेको हो ।
अधिकतम खुद्रा मूल्य -एमआरपी) कार्यान्वयनको विरोधमा आयात निर्यातकर्ताहरू वैशाख १५ गतेदेखि जाँचपास प्रक्रियाबाट टाढा रहे पनि भन्सारले सीमित वस्तुहरूको जाँचपास जारी राखेको छ ।
भन्सारका अनुसार वैशाख १५ मा ३५ करोड, १६ मा १ अर्ब ९० करोड र १७ मा ९० करोड राजस्व सङ्कलन भएको हो । व्यवसायीहरूको असहभागिताका कारण चौथो दिन पनि भन्सार जाँचपास आंशिक रूपमा प्रभावित भएको छ ।














