काठमाडौं, १६ पुस । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच पुस १४ मा भएको भेटपछि सरकारले अधिवेशनको तयारी अघि बढाएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार अधिवेशन यही पुसको तेस्रो वा चौथो साता बस्ने सम्भावना छ । अधिवेशनका लागि वैकल्पिक रूपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा व्यवस्थापन भइरहेको छ ।
बैठकमा केही विधेयक, अध्यादेश, संसदीय समितिका अध्ययन र वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछन् ।
सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि पेश गर्न सक्नेछन् ।














