काठमाडौँ, १६ पुस । भारतले नेपाललाई भारतीय इनर्जी एक्सचेन्ज (क्ष्भ्ह्) मार्फत प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत आयात गर्न दिएको अनुमति नविकरण गरेको छ ।
केन्द्रीय विद्युत प्राधिकरण (ऋभ्ब्) ले डे–अहेड र रियल–टाइम मार्केटबाट चौबीसै घण्टा (च्त्ऋ) विद्युत आयात गर्न स्वीकृति दिएको हो । ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाट आयात हुनेछ ।
यो अनुमति १७ पुसदेखि १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्मका लागि मान्य हुनेछ भने त्यसपछिको अवधि नविकरण पछि गरिनेछ ।














