काठमाडौं, १० पुस । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)सँग ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा आयोजित वार्ता सकेर निस्किएका छन् ।
लामिछाने भर्खरै वार्ता सकिएर बाहिर निस्किंदा सञ्चारकर्मीहरूले वार्ताबारे प्रश्न गर्दा उनले प्रतिप्रश्न गर्दै भने, “मेरो अनुहारले के भन्छ ?” यस्तो जवाफका कारण सञ्चारकर्मीहरूले थप विवरण लिन सकेनन् ।
प्रायः मिडियासँग खुला कुराकानी गर्ने रवि लामिछानेले यो भेटबारे थप कुनै जानकारी सार्वजनिक गर्नु भएन । यस भेटपछि उनीहरूबीचको वार्ता र आगामी रणनीति कस्तो हुने भन्ने विषय अझै स्पष्ट भएको छैन ।
वार्ता बालेनसँगको राजनीतिक समन्वय र आगामी निर्वाचन तथा प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी छलफलको भाग रहेको अनुमान गरिएको छ ।
तर, लामिछानेको मौनताको कारण बाहिरका लागि वार्ताका मुख्य अंशहरू खुलेका छैनन् ।














