काठमाडौं, १० मंसिर । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको कुपण्डोलस्थित एक घरमा वार्ता भइरहेको छ ।
वार्तास्थलमा रहेका जेनजी अगुवा सुदन गुरुङले दुई नेताबीच सहमति नभएसम्म गेट नखोल्ने भन्दै बाहिरबाट ताला लगाएको बताएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले आफूहरू गेटमै बसेर ‘गार्ड’ को भूमिका निभाइरहेको र चाबी आफूसँग रहेको बताएका छन् ।
बालेन–रवि वार्तालाई निर्णायक मानिएको भए पनि अहिलेसम्म ठोस सहमति भएको छैन ।














