काठमाडौं, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेट वार्ता जारी रहेको छ ।
उनीहरुबीच केही बेरअघि भेटघाट सुरु भएको रास्वपाका नेता गणेश कार्कीले जानकारी दिए । बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरु बर्तामा बसेका हुन् ।
उनीहरुबीच सोमबार साँझ रास्वपा नेता असिम साहको घरमा भेघाट भएको थियो । आउँदो चुनावमा रवि र बालेनलाई मिलाएर लैजाने प्रयास भइरहेको छ ।














